‘रअ’ प्रमुखसंग गोप्यवार्ता : ‘भेटमा कुरा भएको हो, घाटमा हैन !’ आर्यघाट प्रवक्ता

प्रकाशित मिति: १० श्रावण २०७६, शुक्रबार ०४:२८

भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख गोयलको नेपाल यात्रा अहिले चर्चामा छ । चर्चा अनुसार, पूर्व प्रधानमन्त्री देउवाले दुतावासमै पुगेर गोयलस“ग ‘सत्य रस’ पिएका छन् । वर्तमान प्रधानमन्त्री ओलीले वालुवाटारमैं पुगेर आयल घसेकाछन् । भावी प्रधानमन्त्री प्रचण्ड झुपडीमै पुगेर घाम तापेका छन् ।

एउटा छिमेकीले अर्को छिमेकीलाई भेट्नु सामान्य कुरा हो तर छिमेकी भेट्ने नाममा छिमेकी कि छोरी नै ताकि रहेको त छैन ? अविभावकले यो कुरो बुझ्न जरुरी छ । ‘रअ’ प्रमुखको नेता देउसीलाई पनि यही अर्थमा लिनुपर्ने गजुरीयल ठम्याई छ ।

सत्य के हो, प्रचण्डले बोलेका छैनन् । देउवाले खोलेका छैनन् । प्रधानमन्त्री चुपचाप मस्त छन् । प्रवक्ता छोपछापमा ब्यस्त छन् ।

अहिले नखोजे कहिले खोज्ने, हामीले नगोदे कसले गोद्ने ! भारतका ‘गोयलहरु’ले हाम्रा ‘कोयलहरु’संग भेटघाट गर्नु हुन्थ्यो कि हुन्नथ्यो ? आ–आफ्नै डम्फु बज्दैछन् ।

गजुरीयल बिश्लेषण छ, भेट गर्न मिल्छ, घाटमा पुर्याउन मिल्दैन । अंध्यारो कुनामा गरिने भेटले स्वाधिनताको उज्यालोलाई घाटमा पुर्याउने खतरा हुन्छ ।

पत्रकार कुसुम भट्टराईका बुझाईमा प्रचण्डको भेट अमित शाहसंग, ओलीको मोदीसंग, देउवाको राहुल गान्धीसंग हुनुपर्थ्यो । प्रोटोकल मिचेर गोयललाई आयल घस्नुचाहीं अचम्मै छ !

अति गोप्य श्रोतले भनेको छ, ‘रअ’ प्रमुखले हाम्रा नेतालाई भेटेको सत्य हो तर एक शब्दपनि बोलचाल संवाद नभएको पनि सत्य हो । ‘अनि, बोल्दै नबोली छुटे त ?’ श्रोतको जवाफ थियो– ‘अहिले हाम्रा नेताको फेस रिडिङ्मात्रै गरे, केही दिनपछि ब्यवहारमा रिपोर्ट दिन्छन् । पर्खनोस् र हेर्नोस् ।’

Picture : telegraphnepal

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com