रुँदै स्कुल जाने खसी !

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार ०३:४७

बगरेले एउटा खसि डोर्याउँदै गर्दा खसी बेस्सरी कराएछ ।  स्कुल गइरहेको एउटा बच्चाले सोध्छ -‘अंकल यो खसि किन रोइरहेको छ ?’

बगरे : ‘यसले आफ्नो हुल छोडेकोले एक्लो भएर कराएको हो ।’

बच्चा : ‘ए, मैले त स्कुल जानु परेर  रोएको ठानेँ !’

👍👍👍

भिखारी : ‘ए हजुर, पल्लो खरमा त पेटै उकुस मुकुस हुनेगरी खाना खुवाउनु भयो, तपाई पनि केहि दिनुस न !’

घरबेकटी आमा : ‘ए अति राम्रो भएछ । ल लिनुस त ‘हाजमोला’ !’

👍👍👍

शिक्षक : ‘रोहन, तिम्रो घरको सबै भन्दा सानो मान्छे को हो ?’

अजित : ‘हाम्रो हजुरबा सर !’

शिक्षक : ( अचम्म मान्दै) ‘ कसरी ?’

अजित : ‘ एक्लै सुत्न डराउनु हुन्छ । बच्चा झै सधैं हजुर आमासँगै सुत्नु हुन्छ !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com