सिन्धुलीको अनौठो पुल : आर्टिटेकलाई बधाईको बाढी, ठेकेदारलाई सम्मानको पहिरो !

प्रकाशित मिति: १३ श्रावण २०७६, सोमबार ०४:१४

 

नेपालमा अनौठा अनौठा निर्माण कार्य भई रहेका छन् । ओखलढुङ्गाको हावामा उड्ने पुल, काठमाण्डौको जम्प गर्ने पुल बिश्व चर्चित भई सकेका छन् ।

यसै क्रममक आज अर्को अद्भूत पुल निर्माण सम्म्पन्न भएको छ जुन संसारकै फरक शैलीको छ । यो पुलमा भर्याङ्ग लगाएर चढ्नु पर्छ । डोरीमा झुण्डिएर उत्रिनु पर्छ ।

यो प्रबिधी बिश्वमै पहिलो रहेको गजुरियल डटकमका रिसर्चर गुरु प्रसादले बताएका छन् । सिन्धुली जिल्लाको सोख्खु खोलामा प्रयोगमा ल्याइएको यो पुल डिजाईनकर्तालाई जापानले लगेको छ ।

‘प्ले विथ डेथ’ नाम दिईएको यो पुलबाट दैनिक दर्जनौं नागरिक मृत्युसँग साक्षात्कार गर्छन् । निर्माण कम्पनीकालाई सरकारले पुरस्कार दिने घोषणा गरेको छ । यति राम्रो पुल निर्माण गरि बेपता भएका ठेकेदारको स्थानीयद्वारा खोजी जारी छ ।

नाम नबताउने शर्तमा गोपाल तामाङ भन्छन्- ‘कालो मोसो, थोत्रो टिन र जुताको मालाले सम्मान गर्न तयार छौं । सम्मानित ठेकेदार गायब हुनुहुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com