‘झुन्डिन तयार’ मन्त्री अर्याललाई यसरी बँचाईयाे !

प्रकाशित मिति: १४ श्रावण २०७६, मंगलवार ०४:२०

के मन्त्री, के नेता, के कर्मचारी, के व्यापारी, के कलाकर्मी – सबैको एउटै थेगो हुन्छ- ‘आरोप पुष्टि भए झुण्डिन तयार छु !’ किनभने उनिहरुलाई थाहा छ – देशको कानुनले आत्महत्याको छुट दिँदैन । भन्नासाथ गर्नैपर्छ भन्ने छैन

यसैक्रममा मन्त्री पद्मा अर्यालले पनि सोही डाईलग मार्नु भएको छ । ‘घुस्याहा कर्मचारीलाई संरक्षण’को आरोप लागेपछि भन्नू भयो- ‘पुष्टि भए झुन्डिन तयार छु ।’

मन्त्रीज्युको ‘झुण्डिने’ ईच्छाप्रती हाम्रो विमती हैन र सहमती दिन पनि सकिदैन । झुन्डिएर हैन मन्त्रीज्यु, डोरी खोलेर आरोप खन्डन गर्नुपर्छ । मरेर हैन, बाँचेर आफ्नो बिचार राख्न सकिन्छ ।

मन्त्रीज्यू, तपाईं आफ्ना ठाउँमा गलत नहुनु होला तर कुनै भ्रष्टाचार देखाएर हुँदैनन् । सबै भ्रष्टहरुले देखाएर खाँदैनन् । तपाईँलाई भ्रममा पारेका हुन सक्छन् । भित्रभित्रै तर मारेका हुनसक्छन् । कार्यकर्ता बनेर पसेका हुन सक्छन् । सहयोगी बनेर बसेका हुनसक्छन् ।

त्यसरी झुण्डिने, सेरिने, हाम फाल्ने कुरा गर्नु हुन्न । भ्रष्टहरुलाई चिन्नुपर्छ । बेलाबेला भेट्न समय लिनेछन् । राम्रा राम्रा सुझाव दिनेछन् । आफुलाई दिग्गज आँकेका हुन सक्छन् । हजुरको मनोबल जाँचेका हुन सक्छन् । देख्दा सदाचारी भएपनी भित्रभित्रै भ्रष्टाचारी हुनसक्छन् है ।

संरक्षण गरेको छैन, थाहा छ । तर, यति कन्फिडेन्ट नबन्नुस हजुर ! तपाईँको विश्वासलाई टेकेर मौका हेरेका हुन सक्छन् । तपाईँले भ्रष्टलाई संरक्षण नगर्नु भएको हुन सक्छ । भ्रष्टहरुले तपाईँलाई संरक्षण गर्ने प्रयास गरेका हुन सक्छन् ।

बरु तिनिहरुलाई कानुनको डोरीले बाँध्ने काम गर्नोस् । कहाँ झुन्डिने कुरा गर्या कमरेड !

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

तस्विर सौजन्य : सामाजिक संजाल  

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com