रक्षामन्त्रीले सरकारी जग्गा खोज्दा कसले भन्यो- ‘बिष्णु बिष्णु बिष्णु, जस्ले सक्छ त्यसले घिच्नु ?’

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलवार ०४:४५

 

ड्राईभर होइन, बाटो नै फेर्नुपर्छ !’ -कमल थापा
बाटो न घाटो दगुर्छ लाटो !

अस्पताल सरकारी, चिकित्सक गैरसरकारी !
डाक्टरलाई खसीको मासुभात, बिरामीलाई विषाक्त तरकारी !

‘जुनसुकै पार्टीका हुन्, सार्वजनिक जग्गा कब्जा गर्ने अपराधी हो ।’ -रक्षामन्त्री पोखरेल
बिष्णु बिष्णु बिष्णु – आफ्नै घरमा बाँदरलाई लिस्नु !

१० प्रकारका फलफूल र तरकारीमा विषादीको सिमा निर्धारण भयो
निर्धारण गर्दा गर्दै कतिको ज्यान गयो गयो !

श्रीमान बैदेशिक रोजगारीमा, श्रीमती अर्कै युवकसँग पासोमा !
के भनौं र खोई- बेरोजगार पतिको पत्नी पोईला गई !

‘प्रदेश  २ लाई विशेष प्याकेज चाहियो !’ – मन्त्री जितेन्द्र सोनाल
प्याकेज माग्दा प्याकेट पाईन्छ –  त्यो पनि एक्लै खाईन्छ !

‘शिक्षा र स्वस्थ्यमा पैसा कमाउने धन्दा बनाउन दिँदैनौं !’ – नारायणकाजी श्रेष्ठ
पैसा नकमाए पनि नाफचाहीं कमाउन पाउनु पर्छ – सर्वश्रेस्ठ कार्यकर्ता

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com