अविभावकका अगाडी ब्वाईफ्रेन्डसंग कुरा गर्ने तरिका 

प्रकाशित मिति: २१ श्रावण २०७६, मंगलवार ०४:५५

पति : ‘यो जिवनदेखि अघाएँ । हे भगवान मलाई लैजाउ !’

पत्नी : ‘भगवान, वहाँभन्दा पहिला मलाई लैजानुस् !’

पति : भगवान, मैले मेरो अनुरोध फिर्ता लिएँ, यो अवसर उनैलाई दिए हुन्छ !’

💐

शिक्षक : ‘नेताज्यू, हजुरको छोरा फेल भएको छ तैपनि तपाईँ मिठाई बाँडी रहनु भएको छ ! किन ?

नेतिजी : ‘म खुशी  भएँ, त्यसैले !’

शिक्षक : ‘खुशी हुनुको कारण ?’

नेताजी : ‘छोराले मेरो राजनीतिक बिंडो थाम्ने सम्भावना बढ्यो नि !’

💐

खाना खाई रहेको समयमा फोन आएपछि…

बाबु : ‘छोरी, अफिसबाट हुन सक्छ, बाबा हुनुहुन्न भन है ।’

छोरी : (फोन उठाउँदै) ‘बाबा घरमै हुनुहुन्छ क्या !’

बाबु : ‘हुनुहुन्न भन्नु पर्ने ! किन त्यसो भन्यौ ?’

छोरी : ‘फोन तपाईँलाई होइन, मलाई आएको थियो बुबा !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com