वामदेव गौतम डेरा खोजीमा, निजी सम्पति राष्ट्रियकरण गर्दै !

प्रकाशित मिति: २५ श्रावण २०७६, शनिबार ०२:२१

 

‘ब्रम्हा नै आएपनि कालीगण्डकी डाइभर्सन हुँदैन ।’ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ
‘बिष्णुले आदेश दिएभने चाहिं नाईं भन्न सकिन्न !’ -नेकपा नेता पिएस गुरुङ

 

सिडियो माथि खनिए सांसद, राहतमा राजनिती गरेको आरोप
राजनितीमा राहत पसेपछि सिडियोसंग भिंडियो भनेर भन्नुस् !

 

‘प्रदेशको राजधानी हेटौंडा नै चाहिन्छ भन्दिनँ ।’ -मुख्यमन्त्री डोरमणि पौडेल
‘हेटौंडा बाहेक अरु हुनुपर्छ भन्न पनि सक्दिनं ।’ -नेकपा नेता डोरमणि पौडेल

नेकपा सांसदले सोधे : ‘सत्य निरुपण आयोग किन गठन भएन ?’
सभामुखले जवाफ दिए – ‘हल्ला नगर्नुस् न, आफैं फंसिन्छ !’ -सभामुख महरा

 

कांग्रेसका छाँयामन्त्रीको दाबी – ‘सरकारलाई आत्थु आत्थु पारेका छौं ।’
नेकपाका घाममन्त्रीको दाबी – ‘कांग्रेसलाई हाछ्युं हाछ्युं बनाएका छौं !’

 

‘निजी सम्पति राष्ट्रियकरण नगरी समाजवाद आउँदैन ।’ – नेता वामदेव गौतम
‘जनताको निजीकरण गर्नुपर्छ, नेताको चाहीं गर्न पाउँदैन !’ -अभिनेता वामदेव खाउतम

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्यमात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी, ब्यहोरा र शैलीसंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधान गर्ने सुन्दर अवसर पनि बन्नेछ  । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् !

(तस्विर सौजन्य : सामाजिक संजाल )

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com