पहलवान भन्दा बलियो भाले !

प्रकाशित मिति: २९ श्रावण २०७६, बुधबार ०७:२८

 

एउटी जवान युवतीले एक धनाढ्य बृद्धसँग विवाह गरेपछि…

रोहन : ‘तिमीले यो बृद्धमा के देख्यौ र विवाह गर्यौ ?’

युवती : ‘कुरा प्रष्ट छ, पहिलो- इन्कम, दोश्रो- उमेर कम् !’

💐

शिक्षक : ‘कौशल, ABCD भन त !’

कौशल : A…B…C…D

शिक्षक : ‘अरु भन न !’

कौशल : ‘अरु एकदम राम्रो छ सर !’

💐

रोहन : (एक पहलमानसँग) ‘तपाईँ एक पटकमा कति जनालाई उठाउन सक्नु हुन्छ ?’

पहलवान : ‘चारजनालाई उठाउँन सक्छु ।’

रोहन : तपाईँ भन्दा बलियो त हाम्रो घरको भाले छ, एक चोटीमा गावैं उठाउछ !’

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com