हातीकाे खाने र देखाउने दाँत यस्ता हुन्छन् – आजका हेडलाईनहरु

प्रकाशित मिति: २ भाद्र २०७६, सोमबार ०३:०७

नेकपाको समिकरण उथलपुथल : माधव नेपालको बरियतामा झलनाथको धावा
नेकपाको समिकरण स्वार्थको  खेल  :  यो पनि न टिक्ने माधव नेपालको दावा ! 

समाजवादी पार्टी हात्ती हो, हात्ती छाप चप्पल होइन : अध्यक्ष भट्टराई
बथानबाट छुटेर भौतारिएको छावा जस्तो, कहिले गाउँ कहिले जंगल !

पार्टी एकता नगरेको भए विकल्प रहन्थे कि भन्ने लाग्छ : प्रचण्ड
आफ्नै पार्टी रहन्थ्यो कि रहन्नथ्यो भन्न सकिन्न ! मने, बिकल्प  चाहिँ पक्कै रहन्थ्यो !

संविधान संसोधनको सर्तमा दुइ तिहाइ पुर्याउन सरकारमा गएका हौँ : उपेन्द्र यादव
हात्तीका दुइटा दांत,  देखाउने संशोधन, चपाउने मन्त्री पद र पैसा !

‘बहुदलीय जनवाद’लाई म चिन्दिनँ र जान्दिनँ भन्नु  गैराजिम्मेवारपना हो !’
– बेदुराम भुषाल
जनताको जनवाद कतै  मनवाद, धनवाद रदनावाद्को भुमरीमा त फँस्दै छैन कमरेड !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com