किस्न, किख्न, किरिस्न, किसन, किसुन, कृष अर्थात् प्रदेश प्रदेशमा कृष्ण !

प्रकाशित मिति: ६ भाद्र २०७६, शुक्रबार ०८:१९

 

शास्त्र अनुसार श्रीकृष्णका थुप्रै नाम छन् । जस्तो: कान्हा, काले, नन्दलाल, गोपाल, रणछोडदास आदि । ‘कृष्ण’ चाहिँ आचार्य गर्गले राखि दिएका थिए ।

यी बाहेक नेपालमा मात्र प्रयोग गरिने नाम पनि छन् । प्रश्तुत छ- गजुरियल डटकमको रीयल खोज , भगवान कृष्णका प्रादेशिक नाम र भजनहरु !

प्रदेश नम्बर १ मा कृष्णलाई ‘किस्न’ भनेर बोलाईन्छ । जस्तो : ‘किस्न गए बनैमा, राधिकालाई लिई मनैमा !

प्रदेश नम्बर २ मा किस्नलाई ‘किसन’ भनिन्छ । जस्तो : ‘किसन कन्हैया, मेरे नन्दलाला इधर आजा रे, हमको भी खिला दही तुम भी खाजा रे !’

प्रदेश ३ मा किस्न हैन, ‘किख्न’ भनिन्छ । ‘हरे किख्न, किख्न किख्न  हरे हरे ! तिम्रो लिला देखेर दुनियाँ छक्क परे !’ नपत्याए त्यहाँका स्थानीय भजन सुन्नोस् ।

४ नम्बर प्रदेशमा ‘कृष्ण’ नै बोलाईन्छ । ‘कृष्ण लिला रे, कृष्ण लिला रे ! हमको बहुत प्यास लागि, दही खिला रे !’ यहाँको टिपिकल भजन हो ।

प्रदेश ५  मा कृष्णलाई ‘किरिस्न’ भनिन्छ । ‘पाउडर किरिमले, मोहनी लायोे किरिस्न, तिम्रो पिरिमले !’ यो यताको कृष्ण भजन हो ।

६ नम्बरमा कृष्णलाई ‘कृष्न’ भन्ने सम्भावना छ । ‘जात्तेरी कृस्न तिम्रो माया छ भस्मै, छैन मन यो मेरो बसमै !’  यो त्यहाँको सम्भावित भजन हो ।

७ नम्बरमा प्रदेशमा ‘किशुन’ भन्छन् कि भन्ने असंका छ । त्यसो हो भने यहाँको कृष्ण भजन यस्तो हुन सक्छ – ‘किसुन तमले क्या गड्यो गड्यो, तमीसँग झानलाई मन पड्यो !’ जय श्रीकृष्ण ! जय जन्मास्ष्टमी  🙂

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com