मुसुक्क हास्नुस् !

प्रकाशित मिति: ९ भाद्र २०७६, सोमबार ०४:३३

सारै दु:ख लाग्छ, जब गुरुले तीम्रो र तिम्रो पछाडी बस्नेको उत्तर कसरी एउटै भयो भनेर सोध्छन् ।

‘मननमनै भन्छु, बेकुफ मास्टर तिमीले प्रश्न पनि त एउटै दिएका थियौ नि !’

💐

सन्तले ५ मिटर लामो पाइप जोडेर हुक्का तानिरहेको देखेपछी…

अष्ट : ‘के हो सन्त, यति लामो पाइफ किन प्रयोग गरेको ?’

सन्त : ‘पहिला त १ मीटरकै प्रयोग गर्थें, डाक्टरले तम्वाखु देखि  टाढै रहनुस् भनेदेखि तार लामो प्रयोग गर्न थालेको ।’

💐

बाबु : छोरा, मलाई धेरै टाउको दुख्यो । पल्लोघरबाट भिक्स मागेर ल्याउ है ।

छोरा : म त जान्न, दिंदैनन् ।

बाबु : ‘भैगो त्यो लोभिकोमा नजाऊ । बरु भित्र मेरो  निराने मुनि लुकाएको छु । लिएर आउ !’

💐

शिक्षक : ‘सनत, हरियो साग तरकारी खाँदा आँखाको ज्योती बढ्ने कुराको कसरी पुस्टि गर्छौ ?’

सनत : ‘सर, आजसम्म कतै पनि गाईबस्तुले चस्मा लगाएको देख्नु परेकै छैन !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com