तपाईंको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार ०४:३५

शिक्षक : ‘महिला विवाहित भएको प्रमाण के हुन्छ भन त ?’

विद्दार्थी : ‘सिउँदोमा सिन्दुर नै प्रमाण हो सर  !’

शिक्षक : ‘अनि पुरुष विवाहत हुँदाको प्रमाण ?’

विद्दार्थी : ‘अनुहारमा देखिने हतास र तनाव हो सर !’

💐

प्रेमी : ‘यदि मान्छे सहनशील भयो भने डिभोर्सको तहसम्म पुग्नै पर्दैनथ्यो ।’

प्रेमिका : ‘ तर  मानिस सहनशील हुन्थे भने यो विवाहको तहमै पुग्दैनथे !’

💐

कृतिका : ‘मम्मी, मेरो स्कुलको एकजना सर सारै राम्रो, जान्ने हुनुहुन्छ । मलाई धेरै मन पर्छ ।’

आमा : ‘छोरी, शिक्षकहरु भनेका आफ्नो अभिभावक हुन, उनिहरुलाई आफ्नो बाबु सरह मान्नु पर्छ ।’

कृतिका : ‘मम्मी तपाईं आफ्नै मात्र फाइदा हेर्नु हुन्छ, मेरो लागि पनि केहि त सोच्नुस् !’

फोटो सभार: सामाजिक सन्जाल
प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com