हनिमुन मनाउन साथीसंग !

प्रकाशित मिति: १५ भाद्र २०७६, आईतवार ०२:३७

भिखारी : ‘भोकै छु हजुर, मसँग पैसा छैन ।’

साहु : ( १०० को नोट निकाल्दै ) ‘तिमीसँग ५० रुपयाँ छ ?’

भिखारी : ( खुशी हुँदै ) ‘छ हजुर !’

साहु : ‘पहिला त्यो खर्च गरि सकेर आउ है !’

———————————–

दुइजना लोभिहरु को बढी लोभी भनेर गफ दिदै गर्दा……

पहिलो लोभी : ‘म यति लोभ गर्छु कि मेरो हनिमुनामा पनि एक्लै घुम्न गएर आधा पैसा बचाएँ !’

दोश्रो लोभी : ‘तँ के लोभी, मैले त आफु पनि घुम्न गाइन, श्रीमतीलाई पनि साथीसंग पठाएँ !’


‘एउटा लोभी केटोको घरको छतबाट रु १ को नोट खस्यो । केटो तल पुग्दा नोट थिएन ।

 

किनकी,

त्यो लोभी केटो नोट भुइमा पुग्नु भन्दा पहिल्यै पुगि सकेको थियो !’


एउटा फ्याक्ट्रीको कर्मचारीको लागि अन्तर्वार्ता हुदै गर्दा

मालिक : ‘मेरो कम्पनीमा काम गर्न चाहानेले अत्ति नै जिम्मेवार हुनु पर्छ ।’

आवेदक : ;म जिम्मेवार छु, मिली पहिला काम गरेको फ्याक्ट्रीमा जिती पनि घटना हुन्थे, त्यसको जिम्मेवार मलाइ नै बनाइन्थ्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com