रसुवाको पुलिस काण्ड : ‘कुट्नेलाई कारवाही, जगल्ट्याउनेलाई जेल !’

प्रकाशित मिति: १८ भाद्र २०७६, बुधबार ०६:२२

 

अहिले सामाजिक संजालमा एउटा भिडियो भाईरल छ । रसुवाको टिम्बुरेमा एकजना निशस्त्र, सुइखुट्टे, ड्राइभर केटो कुटिएको । त्यसमा दुईजना बर्दीधारी बडि बिल्डरहरु फिल्मी शैलीमा पालै पालो लात्ताले हानि रहेको देखिन्छ । वरिपरी उभिएका दर्शकहरु प्रहरीको यो व्यवहार प्रति आक्रोशित देखिन्छन् । तर कुनै प्रतिवाद गरिरहेका हुँदैनन् ।

तिनले चाहेको भए प्रहरीलाई राम्ररी तर्साउन सक्थे । मुक्का पनि बर्साउन सक्थे तर त्यसो गरेका छैनन् । ‘बर्दी आतंक’बाट डराएका हुन सक्छन् । अथवा सरकार र प्रहरी बर्दीको सम्मान गरेका पनि हुन सक्छन् । खैर जे होस्, उपस्थित समुदायले नेपालको कानुनको राम्ररी परिपालना गरेको देखिन्छ ।

भनिन्छ, अधिकार र कर्तव्यको अन्योन्याश्रित सम्बन्ध हुन्छ । अधिकारको प्रयोग गरिरहँदा कर्तब्य कसैले भुल्नु हुँदैन । कुनै पनि दोषीलाई गिरफ्तार गर्नु ,अनुसन्धान गर्नु, दोषी पाइएमा कसुर अनुसार सजाय दिनु प्रहरीको जिम्मेवारी हो । निशस्त्र मानिस बर्दी देख्दै डराउंछ । कानुन सुन्दा धर्मराउछ, जेल छिर्नु परे लर्वराउछ ।

तर प्रहरीले भिडियोमा यो कुरा बुझेको देखिन्न वा बुझेपनि बुझ पचाएको झैँ लाग्छ । यसरी कटप्पा शैलीमा -उत्रनु भनेको आफ्नो कर्तव्यलाई पूर्ण रुपमा बिर्सनु हो । पटक पटक घट्ने यस्ता घटनाले सम्मानित नेपाल प्रहरीको छबि धमिल्याउने काम गरिरहेको छ । हेडक्वाटरले फिल्डमा खटिने प्रहरीलाई सहिष्णुताको पाठ पढाउन होशको दबाई खुवाउने कि ? बिपस्यना ध्यान गर्न पठाउने ? विकल्प २ वटामात्र छन् ।

 

*डिस्क्लेमर :
प्रहरी श्रोतका अनुसार कानुन उल्लंघन गर्ने दुबैलाई जेल र कारबाई गर्ने पक्का भएको छ । कारबाईको प्रकृति कस्तो हुन्छ त ? श्रोतले भन्यो- एउटालाई कारबाई अर्थात् ‘कार’मा बसाएर ‘बाई’ गरिन्छ । अर्कोलाई जेल अर्थात् राम्रो खाले हेयर जेल दिईन्छ ।

    -प्रहरीले प्रहरीलाई कारवाही गरेको भिडियो हेर्न तलको लिलिंकमा मिलिक्क किलिक्क गर्नोस् https://www.facebook.com/bishnu.paudel.393950/videos/442077426515643/

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com