मन्त्री योगेश भट्टराईको गज्जब गीत- ‘दाईलाई पहिला लाईदिने, ताली खाईदिने !’

प्रकाशित मिति: १९ भाद्र २०७६, बिहीबार ००:४५

‘दाईलाई पहिला !’ पर्यटन मन्त्री योगेश भट्टराईले यति के भनेका थिए, जनताको वाहवाही पाईहाले । वास्तवमा हामी नेपालीहरु सार्है ज्ञानी छौँ । मसिना कुरामा खुशी हुन्छौं । हामीलाई दङ्ग पार्न ठूलो कुरा हैन, सानो काम गर्नु पर्छ । साना काम गर्दा  गणतन्त्र पनि खतरामा पर्दैन, राजनैतिक नेतृत्वको बेईज्जत पनि घट्थ्यो ।

असल नेता र सफल मन्त्री हुन चाहानेहरुले निम्न ‘सानाका कामहरु’ गर्नु पर्छ :- 

१. अति ईमरजेन्सी बाहेक आफ्नो सवारी चालकलाई साईरन नबजाउनु भन्नुस्, किनकी तपाईं बेहोस भएर अस्पताल लैजान लागेको होईन ।

२. भेट्न आउने आगन्तुकलाई तपाईंले पहिला नमस्ते गर्नोस् । त्यसो गर्दा आफू सानो भएको नठान्नोस्, अर्काको इज्जत गरेको मान्नोस् ।

३. अगुवा पछुवा सुरक्षाकर्मी छोड्नोस् । यो सिरिया या अफगानिस्तान हैन, नेपाल हो । यहाँ केही नहुन्जेल केही पनि हुँदैन ।

४. आफ्नो घर छ भने मन्त्री क्वाटरको लोभ त्याग्दिनोस् । लोभले लाभ, लाभले बिलाप हुन्छ । त्यागले राम्रोको ‘ट्याग’ लाग्छ ।

५. एयरपोर्टमा पब्लिक लाउन्ज प्रयोग गर्नोस् । भिआईपी लाउन्जमा तपाईंले एउटा ‘एसी’ पाउनु होला तर पब्लिकमा धेरै ‘फ्यान’ भेट्नु हुन्छ ।

सम्भव भएसम्म आफ्नो फोन आफैंले रिसिभ गर्नोस् । भ्याउनु हुन्न भने ‘स्विच अफ’ भन्ने बटम हुन्छ, त्यो थिच्नोस् । फोन काट्ने काम झुक्किएर पनि नगर्नुस् ।

७. हप्तामा एकपटक मतदातालाई फोन गर्नोस् । ब्यक्तिगत रुपमा संभव नहोला, प्रतिकात्मक रुपमा जन प्रतिनिधिलाई सम्झनाेस् ।

८. ‘सुरक्षा सम्बन्धी सेमिनार’ जहाँ सबैभन्दा बढी असुरक्षा छ, त्यहाँ गर्नोस् । फाईभस्टारमा त अरुले पनि गरि रहेकै छन् ।

९. ठूलो ठाउँमा लन्च, डिनर धेरै गर्नु भयो होला । कैलेकाही भात खान ‘स्टाफ हुटेल’मा पस्नोस् । खाजा खान मचाकाजीको मम पसलमा छिर्नोस् ।

१०. निजि सचिव तपाईंका प्रतिरुप हुन् , तिनलाई बोल्ने तरिका सिकाउनोस् । फोन उठाउदा ‘म फलानो बोल्दैछु । के सेवा गरौं ?’ भन्नोस् । भेट्दा नमस्कार गर्नोस्,  काम नभएपनी मिठो बचन सुनेर दङ्ग परोस् ।

११. आफ्नो अन्य आम्दानी छ भने सरकारी तलबमा र् याल नकाढ्नोस् । ‘म तलब लिन्न’ भनेर घोषणा गर्नोस् त, तपाईं हिरो बन्नु हुनेछ ।

१२. अत्यावस्यक बाहेक बिदेशको ‘इन्भाईटेसन’ छोडी दिनोस् । अति जरुरी बाहेक सरकारी यात्रामा ‘फेमिली’ नलानोस् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com