२ लाखको चिठ्ठाको सट्टामा १०० रुपैयाँ माग्ने मान्छे !

प्रकाशित मिति: २० भाद्र २०७६, शुक्रबार ०३:५२

 

सन्तोष : (पण्डितसँग) ‘गुरु मैले कुनै राम्री कन्याको हात पाउँन के गर्नु पर्ला ?’

पण्डित : ‘सजिलो छ, एउटीको हैन दशौंको पाउँन सक्नु हुन्छ !’

सन्तोष : ( खुशी हुँदै) ‘भन्नू त गुरु, के गर्नु पर्छ ?’

पण्डित : ‘काठमाण्डौ महलको गेटमा मेहन्दी लिएर बस्नु
पर्छ !’
💐

शिक्षिका : ‘रोहन, मैले तिम्रो बुबालाई १० प्रतिशत ब्याजमा ५० हजार दिएँ भने एक बर्षमा उनले कति फर्काउँछन् ?’

रोहन : ‘एक पैसा फर्काउनु हुन्न सर !’

शिक्षिका : ‘रोहन, तिमी हिसाव जान्दैनौ कि के हो ?’

रोहन : ‘म हिसाव राम्ररी जान्दछु सर, तर तपाईँ मेरो बुबालाई जान्नुहुन्न !’

💐

जगत लाई दुई करोडको चिठ्ठा परेपछि…..

चिठ्ठावाला : ‘तपाईँलाई २ करोड चिठ्ठा परेको हो । तर कर काटेर १ लाख ७५ हजार आउँछ ।’

जगत :  ‘मलाई २ करोड नै चाहिन्छ, हैन भने मेरो १०० रुपैयाँ फिर्ता गर्नुस् !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com