राष्ट्रियगान बज्दा किरियापुत्री उभिने कि बस्ने ? प्रश्न एक उत्तर अनेक

प्रकाशित मिति: २४ भाद्र २०७६, मंगलवार ०२:५७

 

‘शिक्षा राष्ट्रिय विकाशको महत्वपुर्ण बगैंचा हो ।’ : राष्ट्रपति भण्डारी
‘बगैंचाको फुलमा पैसै पैसा देख्नु हाम्रो सदिच्छा हो ।’ : शैक्षिक व्यापारी !

कांग्रेस सांसदको चेतावनी – ‘हिन्दु राज्यको लागि आन्दोलन गर्नु पर्ने भयो ।’
नेकपा नेताको नेतावनी : ‘प्रतिपक्ष भएर घुर्क्याउने बानी छोड्नु पर्ने भयो !’

‘निगमको वाइडबडी खरिदमा प्रकृयागत त्रुटी ।’ : संसदीय प्रतिवेदन
तैं चुप मैं चुप, मिलिजुली गरेको भ्रष्टाचारको ढाकछोप !

प्रदेश सरकारलाई मेयरहरुको चेतावनी- ‘कामै बन्द गराइदिन्छौं ।’
यस अगाडि काम गर्नु भएको थियो र !

‘यहि सरकारलाई बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प छैन ।’ : प्रचण्ड
यो कुरा आफ्नै नेता कार्यकर्तालाई बुझाउनु पर्यो पहिला !

नेपाल – चीन सम्झौता : कार्यन्वयनमा बेवास्था, काम भन्दा हल्ला बढी नेपालकै चासो कम
न नाका न बन्दी, किन गर्ने वास्ता, त्यसैले बेवास्ता !

कांग्रेस सांसदको प्रश्न : ‘पशुपतिमा राष्ट्रियगान बज्दा किरियापुत्री उभिने कि बस्ने ?’
काम कुरो एकातिर, कुम्लो बोकी आर्यघाटतिर !

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com