मोटोपन घटाउने खेल !

प्रकाशित मिति: २५ भाद्र २०७६, बुधबार १४:४०

 

आमा : ‘छोरा, यो १५ सय रुपैयाँ लैजाउ ।’

छोरा : ‘किन यति धेरै पैसा दिनु भएको मम्मी ?’

आमा : ‘तिमीले फेसबुक चलाउन थालेदेखि रातमा पाले राख्नु परेको छैन त्यसैले !’

💐
शिक्षक : ‘ २०४६ सालमा के भएको थियो, भन्न सक्छौ ?’

राजन : ‘बहुदल आएको थियो सर ।’

शिक्षक : ‘स्याबास् ! अनि २०५० सालमा के भयो भन त ?’

राजन : ‘बहुदल ४ बर्षको भयो सर !’
💐
डाक्टर : ‘तपाईँ दुब्लाउन चाहनुहुन्छ भने दैनिक बिभिन्न खेल खेल्ने गर्नुस् ।’

सीमा : ‘म दैनिक खेलिरहेकी छु तर कुनै फाइदा भएन ।’

डाक्टर : ‘कति समय खेल्ने गर्नु भएको छ ?’

सीमा : ‘जब सम्म मोबाइलको ब्याट्री सकिंदैन, तब सम्म डा, साव !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com