कोकाकोलाले पनि ‘जिग्री प्याक’ निकाले पछि ‘सक्किगोनि’ !

प्रकाशित मिति: २६ भाद्र २०७६, बिहीबार ०८:५९

 

‘भद्रगोल’ पार्टीबाट राजिनामा दिएका ‘पाँडे’ र ‘जिग्री’ले नयाँ पार्टी खोलेका छन् । हास्यबाद-ब्यङ्ग्यबाद मार्गदर्शक सिद्धान्त हुने नयाँ पार्टीको नाम ‘सक्किगोनि’ राखिएको छ ।

 

 

‘शुरु नै नभई कसरी सक्किगो त ?’ कार्यवाहक अध्यक्ष ‘पाँडे’ जवाफ दिन्छन्- ‘मेरी आमोई नि, आफुले जन्माएको सन्तान आफ्नो नभएपछी सक्किएन डाम्ना !’

उपाध्यक्ष काकु आचार्यले भने पार्टीको नाम ‘सक्किई गए’पनी काम बल्ल शुरु भएको बताए ।

कोकाकोलाले ‘जिग्री’ नामकै ‘प्याक’ निकालेपछि ब्याक भएका महासचिव जिग्री जङ्गिए- ‘अब्बुई ! राष्ट्रिय एजेन्सीले पनि हाम्लाई लखेट्ने, बहुराष्ट्रिय कम्पनीले पनि हाम्लाई खेद्ने ! अन्त, सक्किगोनि !’

मातृपार्टी ‘भद्रगोल’सँग ‘सक्किगोनी’को सम्बन्ध आगामी दिनमा कस्तो रहला त ? हास्यब्यङ्ग्य बिश्लेशकहरु भन्छन् – ‘ओली र प्रचण्डको जस्तो हुन्छ । पार्टी उही, पेशा उही, लक्ष उही तर पक्ष फरक !’

हास्यब्यङ्गका लडाकु धेरै हुनु देश र जनताका लागि ज्यादै राम्रो कुरा हो । जति धेरै कमेडियन भए त्यति चाँडाे ‘हाँसतन्त्र’को स्थापना हुन्छ । सबैलाई शुभ कामना ।

‘सक्किगोनी’मा नयाँ तथा पुराना कार्यकर्ताहरुको बलियो उपस्थिती छ । पाँडे, जिग्री, बले, ककरोच, धतुरे, एक्दुमसँले लगायत दर्जनौं प्रतिभाशाली कार्यकर्ता भएको ‘सक्किगोनी’ पार्टीलाई अग्रिम शुभ कामना ।

तर, हँसाएरै जनताको मन जिति रहनु भएको छ, चुनाव लडेर पछारिने दुस्साहस नगर्नु होला । गजुरियल डटकमले नै सुझाव दिएपछि सक्किगोनि !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com