तपाईंको मन हँसाउने तिन चुट्किला

प्रकाशित मिति: २ आश्विन २०७६, बिहीबार ०३:०३

प्रेमीका : ‘तिमी के काम गर्दैछौ ?’

प्रेमी : म गोर्खापत्र सँस्थानमा काम गर्थें, ऐले छोडें ।

प्रेमीका: ‘त्यति राम्रो कम्पनीको जागिर किन छोडेको त ?’

प्रेमी  : ‘एकाबिहानै पत्रिका कस्ले बेचोस् त !’
👌

शिक्षक : ‘पानीमा बस्ने ५ वटा जिवको नाम भन त ।’

विद्यार्थी : ‘गोही सर !’

शिक्षक : ‘अरु चारवटाको पनि भन त ।’

विद्यार्थी : ‘उसको बाबु, आमा, छोरा र छोरि सर !’

👌

बच्चा : ‘आमा, म नजन्मिदा तपाईँले मलाई देख्नु भएको थियो ?’

आमा : अहँ, देखेकी थिइनँ ।’

बच्चा : ‘अनि कसरी चिन्नु भयो त मलाई !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com