तपाईंलाई हँसाउने यि चुट्किलाहरु

प्रकाशित मिति: ५ आश्विन २०७६, आईतवार ०४:०५

पत्नी : म तपाईँलाई कति मन पर्छ ?

पति : मन पर्छ, धेरै नै ?

पत्नी : धेरै त बुझें, तर कति ?

पति : त्यति मन पर्छ, तिमी जस्ता अरु २/४  लिएर आउँ !
👌

सुधा : ( पति निधानसँग ) ‘सुन्नु न, मलाई डाक्टरले एक महिना कतै पहाडी क्षेत्रमा बस्नु भनेको छ । अब कहाँ जाऔं ?’

निधान : ‘त्यसोभए अर्को डाक्टरकोमा जाउँ !’
👌

डाक्टर : अब त रक्सी खान छोड्नु भयो नि ?

विरामी : ‘धेरै आग्रह गर्यो भने मात्र खान्छु डा.सा’ब !’

डाक्टर : ( कुरुवालाई देखाउँदै )’ वहाँ चाहीँ को हो ?’

विरामी : ‘मेरो आग्रह गर्ने मान्छे !’
👌

शिक्षक : ‘निशान , तिमी त्यस्तो स्थानको नाम भन, जहाँ धेरै मानिसहरु भएर पनि एक्लो महशुस हुन्छ ।’

निशान : यो त सजिलो प्रश्न हो सर, त्यो स्थान परिक्षा हल हो !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com