चीनले सित्तैमा दिने तर वामदेवले नलिने, बिदेशी ज्वाईंले नखाने, सम्धिले खाने !

प्रकाशित मिति: ६ आश्विन २०७६, सोमबार ०६:३०

‘मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ ।’ -प्रधानमन्त्री
ओली पानी अलि बढी भयो कि क्या हो, छपक्कै भिजियो त !

‘विदेशी ज्वाइँले देश खाइदिन्छ भनेर डराउनुपर्दैन ।’ -डा.भट्टराई
देश खानका लागि सम्धीहरु छँदैछन्, कसाे डा.सा’ब ?

कम्युनिष्ट बनेर देखाउन नेकपालाई बिजुक्छेको चुनौती
तपाईंले खोजेजस्तो कम्युनिष्ट क्रान्तीका किताबमा मात्र पाईन्छ, त्यतै खोज्नोस् ।

नियम मिचेर प्रधानमन्त्रीले बाँडे २६ करोड बाँडे
जे होस्, आफूले मात्र उपचार गरेका रहेनछन् !

अग्रिम टिकट बुकिङ खुल्यो, बस र सिट नम्बर खुले
पहुँचको सदुपयोग गर्ने अवसर खुल्ला रहेको संकेत !

बामदेवले भने – ‘बर्दियामा भन्दा पोखरामा मतान्तर कम छ, म चुनाव उठ्दिनँ ।’
उठ्नु अघि नै थला पार्दिन्छन्, भन्देखुनलाई कसरी उठ्ने त !

‘चीन व्यापारी हो, सित्तैमा केही दिनेवाला छैन ।’ -नेकपा नेता सुरेन्द्र पाण्डे
किन दिँदैन, सित्तैमा दिई रहेको छ त- सुझाव !

(स्वदेशी ज्वाईं स्वदेशी खेतमा 😀 तस्विर : सामाजिक संजाल)

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्य मात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com