खासमा यस्तो हुन्छ ओराली लागेको हरिणको चाल !

प्रकाशित मिति: ९ आश्विन २०७६, बिहीबार ०९:४५

असोज ८ गतेको अन्नपुर्ण पोस्टका अनुसार, नेपाल एयरलाईन्स बेथितिमा चलेको देखिन्छ । ब्यबस्थापन चुस्त नहुनु, नीति र कार्यन्वयन दुरुस्त नहुनु, हवाइजहाज स्वस्थ नहुनु नै बेथिति हो । जहाज १४ वटा तर उड्नेचाहीं ६ वटामात्र ! बाँकी सबै सुतेर बस्छन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसको अवसरमा ग्राउण्ड्भरी जहाज देखेपछि प्रश्न उठाए- ‘जहाज किनेर लडाउन ल्याएको कि सडाउन ल्याएको ?’ जहाज दुहेर खान पल्केका बड्काहरु नाजवाफ भए रे । जागिर खानमात्र गएका छोट्काहरुले ताली बजाए रे ।

शीर निहुर्याएर लाज पचाउने र ताली बजाएर इज्जत बंचाउने बाहेक नेपाल एयरलाईन्सको समृद्धिको सपना सजाउनेहरु पनि धेरै छन् । प्रधानमंत्रीले सोधेको ‘जहाज सुताउने कि ठाँउ ओगट्नमात्र किन्या हो ?’ भन्ने प्रश्नको उत्तर हामीले खोज्ने प्रयास गरेका छौं ।

नेपाल एयरलाइन्सका जहाज यात्रुको लागि सेवा र राज्यका मेवाका लागि मात्र ल्याइन्दो रहेनछ । यात्रुलाई उडाउन मात्र होइन, कर्मचारीको भुँडी बढाउँन पनि किनिँदो रहेछ । कम्पनी फुलाउन फलाउन मात्र होइन, पार्टीहरु चलाउन पनि जहाज ल्याइदो रहेछ ।

नेतालाई कोटामा जहाज चढ्न र भाई भतिजालाई भर्ना गर्न पनि जहाज ल्याईन्छ । निर्यात भन्दा आयात भर्न र कमिसन आर्जन गर्न पनि जहाज किनिदो रहेछ । यहाँ लाउडाको चर्चा नआएको हैन र पार्टीले पैसा नखाएको हैन । मुद्धा उठाएको हो, ढाकछोप गरेर लुकाएकै हो । चेज एयर चर्चा नचाल्या होइना, बिपक्षी नेता पनि नबोल्या होइन । तैपनि कारबाही कहिल्यै भएन, कोही पनि यहाँ चोखो रहेन ।

नेपाल एयरलाईन्सलाई राम राम भन्ने धेरै नेता आए तर काँध थाप्ने कोहीपनि आएनन । जो आउँछ, वाइडबडीजस्तै थला पर्छ । बुझ्नोस है, जहाज उड्न र उडाउन होईन, लड्न र लडाउन ल्याइन्दो रहेछ क्या !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com