सि ईज कमिङ नेपाल, हि ईज कोरिङ कपाल !

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलवार ०८:१५

 

असोजको अन्तिम साता चिनियाँ राष्ट्रपति सि नेपाल आउने भएका छन् । नेपाल सरकारको निमंत्रणामा उनि नेपाल आउने निश्चित भएपछी काठमाण्डौका सडकहरुलाई दशैं आउने भएको छ ।

सडक विभागका अनुसार, सडकलाई दशैं मनाईदिन खाल्टा टाल्ने काम हुनेछ। फोहर फाल्ने ठाँउमा फ्लेक्स बोर्डले बारिनेछ । बुट्टा भरेर चिटिक्क पारिनेछ ।

वाह, क्या भाग्यमानी खाली ठाँउ ! क्या लक्की फोहोरका डुङ्गुरहरु ! दशैंको मुखमा दुई दिनको निमित्त भएपनि रंगिने भएछन् । ह्याप्पी दशैं टु अल रोड एन्ड डम्पिङ साईट्स !

सडकलाई मात्र हैन, मान्छेलाई पनि दशैं लागेकाे छ । फुर्सदमा फेसबुक चलाएर बस्ने मान्छे दशैंको मुखैमा सपिङ्गमा थाल्छन् । फुर्सदमा किन्दा सस्तैमा पाउने सामानका हगनका बेला किनेर पैसा भुट्न थाल्छन् ।

दशैं व्यापारीहरु पनि मनाउन चाहन्छन् । मस्त कमाउन चाहन्छन् । आखिर नेपाली संस्कार नै बनेको छ- दशैं आउँदा कपडा किन्ने ! बिदेशी आउँदा सडक सफा गर्ने ! मन्त्रीको भिजिट गर्दा कार्यालय सुन्दर बनाउने !

तर, अरुलाई देखाउन मात्र काम गरेजस्तो गर्ने प्रबृत्तिको अन्त्य कहिले होला…भनेर सभामुख महोदयलाई सोध्न मन थियो तर महोदय नै ‘असंसदीय अभ्यास’मा फँस्नु भएछ !

साँच्ची, खास कुरा के हो ? प्रष्ट जवाफ देओ । तुरुन्त एक्सन लेओ । ढाकछोप गर्दै नगर । हल्लाको भर नपर । सत्य तथ्य बाहिर ल्याउ । लागिसक्यो हाम्लाई झ्याउ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com