म-हराकाे कि तँ हराकाे ?

प्रकाशित मिति: १४ आश्विन २०७६, मंगलवार १२:५५

हो त रहेछ । भन्नेलाई भन्दा सुन्नेलाई लाज, के सुन्नु पर्यो हामीले आज ! ब्रम्ह मुहुर्तमा सनसनी छायो, कान्तीपुरमा एउटा समाचार आयो ! मुखले सभाको इज्जत दागेको छ, प्रतिष्ठाको निधारमा कालो दाग लागेको छ ! समाचार सुन्दै ठुस्स गन्हायो ! पत्रिका पढ्दा निकै रन्थन्यायो, गहिरिएर सोच्दा धेरै दुखि बनायो !

एकातिर सुन्दा कुरा बनावटी, अर्कातिर थुन्दा कुरा सुनावटी, समाचार पढ्दा कुरा लेखावटी, फेसबुक हेर्दा कुरा देखावटी !

ठुलाको कमजोरी सोचौं भने हुनै नसक्ने, सानाले झनै छुनै नसक्ने ! यस्ता काम कसैले देख्नै नपर्ने, सजिलैसँग लेख्नै नपर्ने ! कसरी मिल्यो होला तारतम्य, कि भएकै हो यो षडयन्त्र ?

 

तारतम्य हो भने मेल भयो होला, कुरा मिलेन बेमेल भयो होला ! त्यसपछि बल्ल समाचार आयो, फेसबुकभरि राताम्य छायो ! षडयन्त्र हो भने बुन्नेहरु होलान्, योजना र छलफल सुन्नेहरु होलान् ! सत्य के हो नलुकाउँ, तथ्य जे खोजेरै बकाऊँ !

घटनालाई निम्छरो ठान्नाले देशकै शीर निहुर्याउछ, छाडा छोडे यस प्रबृत्तिले निकै टाढा पुर्याउँछ ! दुध र पानी छुट्याउँनै पर्छ, अपराधि को हो खुट्याउनै पर्छ ! जनताको औंला सरकार तिर फर्केका छन, सहि सन्देश आउँछ भनी पर्खेको छन्। ढिला नगरी अनुसन्धान चलाएस्,बियाँलो भए हुन्छ, रात गए अग्राख पलाएस् !

फोटो सभार: सामाजिक सन्जाल

*डिस्क्लेमर
गजुरियल डटकम नेपालको एकमात्र सटायर न्यूज अनलाईन हो । हाम्रा समाचारहरु अर्धसत्य मात्र हुन् । यसमा प्रकाशित सामाग्रीहरु कसैको बानी-ब्यहोरासंग मेल खान गएमा संयोगमात्र हुनेछैन, भुल सुधार गर्ने सुन्दर अवसर पनि मिल्नेछ । ब्यंग्य, आलोचना र सुझावलाई ‘निम्छरो कुण्ठा’ ठानेर खाँबो चिथर्नेहरुलाई श्री पशुपतिनाथले कल्याण गरुन् 🙂

 

 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com