बच्चाका चुट्किलाहरु

प्रकाशित मिति: १८ आश्विन २०७६, शनिबार ०८:१६

बाबु : ( छोराको रिजल्ट हेर्दै ) ‘हेर रिजल्टको गति !
तैले गधा देखेको छस् ?’

छोरो : ‘देखेको छु ।’

बाबु : ‘अनि उल्लु ?’

छोरो : ‘त्यो पनि देखेको छु ।’

बाबु : ‘तेरो अनुहार ठ्याक्कै त्यस्तै छ !’

 छोरो :’तर ममीले मलाई भन्नुहुन्छ- म ठ्याक्कै तपाईं जसतै छु रे!’

💐

आठ बर्षको बच्चा आफ्नी आमासँग सोध्छ…..

छोरो : ‘मम्मी, तपाईंले मलाई कहाँ भेट्टाउनु भएको हो ?’

आमा : ( जिस्किंदै ) ‘मैले बजारबाट किनेर ल्याएको हो !’

छोरो : ‘ए मैलेहा पाएँ, सेल सेल बाट उठाउनु भएको रहेछ !’

आमा : ‘कसरी थाहा पायौ ?’

छोरो : ‘मैले मेरा हातका औंला हेरेरै थाहा पाएँ, कुनै लामा, कुनै छोटा !’

💐

जुनु : ( प्रेमीसँग ) ‘चिन्ता नगर्नु, विवाहपछि तपाईंका दु:ख म पनि भाग गरौंला ।’

सिजन : म सँग दु:ख नै छैनन्  !’

जुनु : ‘विवाहपछि म लिएर आउँछु नि !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com