नक्कली भित्तो च्यात्नेको सक्कली अनुहार !

प्रकाशित मिति: २३ आश्विन २०७६, बिहीबार १६:५८

दशैंमा नबिकेका च्याङ्ग्राको सरकारले मूल्य घटायो
– अर्को बर्ष पनि तिनै च्याङ्ग्रा बेच्न लाउने खालको सरकार छ हाम्रो

निर्वाचन क्षेत्रलाई दिइएको ६ करोडमा समानुपातिक सांसदको असन्तुष्टि
– त्यस्ता असन्तुष्टि त राहत नपाएकाहरुको कति होलान् कति !

सूर्य विनायकमा मिनी बसले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु
– तसर्थ, भक्तपुर जिल्लामा ठुलो गाडी र सानो बाइकसँग सम्बन्धित फेरी अर्को सवारी दुर्घटना

महरालाई हिरासतबाट अस्पताल लगियो
– यो ग्लानीको बिराम कि मानहानीको असर?

‘नेपाल कतै ढल्केको छैन ।’ – बिदेश सल्लाहाकार डा. राजन भट्टराई
– ‘यता-उता पल्केकोमात्र हो !’ गजुरियल डट कम

सत्यमोहन जोशीको अनुभव :  ‘उबेला दशैंको रौनक नै बेग्लै थियो ।’
– उबेला टिका, जमरा र दक्षिणाको रौनक हुन्थ्यो होला, अहिले आफ्नो फोटोमा लाइक-कमेन्ट र रिचको लोभ   !

चलचित्र ‘छ माया छपक्कै’को अग्रिम बुकिङ खुल्यो ।
– नेतादेखी अभिनेतासम्मले सोधे – ‘पासको बुकिङ चाहीँ कैले खुल्छ ?’ 

चिनियाँ राष्ट्रपतिको स्वागतका लागी बनाईएको स्वागत पर्खाल च्यात्ने पक्राउ
– पर्खालमा ढल्किएर सेल्फी लिन खोज्दा च्यातिएको आरोपीको जिकिर

प्रधानमन्त्रीद्वारा पुर्व प्रधानमन्त्रीहरूसँग छलफल
– सबै पुर्व प्रधानमन्त्रीहरु निष्कर्ष :  प्रधानमन्त्री बोल्छन् मात्र, बोल्न दिँदैनन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com