आजका चुट्किलाहरु : कार माग्दा हवाईजहाज दिए !

प्रकाशित मिति: २४ आश्विन २०७६, शुक्रबार ०८:२३

गणीतको कक्षा चलिरहेको समयमा गुरु शिष्यको वार्तालाप

टिचर : रोहण, ५० जना मानिसका लागि ५ के जी दाल पकाउनु पर्छ भने ७५ जनालाई कति ?

रोहण : दाल थप्नै पर्दैन सर, पानी र नुन थपे पुग्छ !

————————————————————-

विवाहको निम्ति केटि माग्ने क्रममा जस्तालाई तस्तै जवाफ

कुमार : (कन्याँसंग) मलाई त कार चाहिन्छ, तिम्रा बाबुसंग दिने हैसियत छ ?

कन्या : (रिसाउदै) हैसियत त् हवाइजहाज नै दिने छ, तिम्रा बाबुको एयरपोर्ट बनाउने हैसियत छ त !

—————————————————————

बाबुले स्कुल लैजादा बच्चा रोएपछि

बाबु : नरोउ छोरो, शेरको बच्चा कहिल्यै रुदैन ।

छोरो : शेरको बच्चा स्कुल पनि जाँदैन नि बुबा !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com