दोभासेको अभाव : कुरौटेको प्रभाव !

प्रकाशित मिति: २५ आश्विन २०७६, शनिबार ०८:३८

चिनियाँ राष्ट्रपतिको विरोध गर्ने आशंकामा समाजवादी पार्टीकी नेतृ पक्राउ
-समाजवादी पार्टीको कुरा हो भने त पुरै पार्टीलाई पक्राउ गर्दा भो नि त !

ट्वाइलेटमा स्मार्टफोन प्रयोग गर्नाले पाइल्सको समस्या
-सायद टोइलेट पेपरको प्रयोगले यस्तो दुर्गति निम्त्याउँदैन थियो होला

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट
-अराजकताको विरोधमा अराजक प्रदर्शन : ओन्ली इन नेपाल (इन्डिया मा पनि)

पाहुना आउँदा घर सफा पार्ने नेपाली संस्कार नै हो ।’ : मन्त्री बाँस्कोटा
-आफु बस्ने घर सफा राख्ने चाहिं मानवीय संस्कार हो ।

जर्मनीमा बन्दुकधारीको आक्रमणमा कम्तीमा दुई जनाको मृत्यु
-जर्मनीको इतिहास हेर्ने हो भने यो मृत्‍यु संख्या त एकदम ठुलो प्रगति हो ।

फेसबुकबाट आपत्तिजनक सामग्री हटाउन दबाब ।
-फेसबुक आफैंमा एउटा आपत्तिजनक सामाग्री भैसक्यो, यसलाई हटाउन पो दबाब दिने कि ?  

नेपालको परराष्ट्र मन्त्रालयसँग छैनन् चिनियाँ दोभासे
-कुरौटे, दोचारे र दहिच्युरे चाहिं जतिपनि छन् ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com