सि फर्किएसँगै दे आर एरेस्टेड !

प्रकाशित मिति: २६ आश्विन २०७६, आईतवार १८:०२

आज देशैभर कांग्रेसको चियापान ‘कम्युनिस्टहरुको भेटवार्ता’ पछि
– नेताहरुको उही पुरानो प्रस्तुती – ‘कांग्रेसको चियापान’, हेर्न नभुल्नुहोला !

कपनको जुवाखालबाट १९ लाख रुपैयाँसहित २१ जुवाडे पक्राउ
– कति गहिरो रहेछ दशैसँगको लगाव, बाह्रै मास जुवा खेल्न मन लाग्ने !

सीता एयरको विमानको इन्जिनभित्रै चरा पसेपछि…
– कहिले मुसा पस्ने, कहिले चरा पस्ने यस्तो अनौठो र आश्चर्यजनक विमानलाई त त्यो जहाजे म्युजियममा सजाएर राख्नुपर्ने, किन उडाएको होला !

चिनियाँ राष्ट्रपति सीको स्वागत गर्न कर्मचारीहरु सडकमा
– नेपालमा सडकमा आउन उर्दी, जापानमा आँधीको कारणले घर छोड्न उर्दी – त्यो आँधी पनि प्राकृतिक राष्ट्रपति नै भएर निस्क्यो बा !

राष्ट्रपति सीसँग दाहालको नेतृत्वमा नेकपा टोलीको भेटवार्ता, दाहालसँग केही मिनेट एक्लै भेट
– माओ पछिका शक्तिशाली चिनियाँ नेता मानिने सीसँग मिलेर सियोबाद दर्शनको बिकासको कुरो त होइन ?

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी
– घरमा तास खेल्दा मैले एक-दुईवटा छक्का पन्जा गरेको थाहा पाएका थिए, धन्न म चाँहीं त्यो ६०मा परेन छु !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com