‘तिनकुने आईल्यान्ड’ जोगाउन चारकुने योजना !

प्रकाशित मिति: २९ आश्विन २०७६, बुधबार १३:४३

अल्लि अघि सार्क सम्मेलनको अवसरमा माइतीघर  देखि तिनकुने सम्म ‘सडकडिभाइडर’को रुपमा दुबो रोपियो । फूल-बुट्यानले हरियाली पारियो । हतार झारा टार्ने र बजेट स्वाहा पार्ने प्रवृत्तिका कारण त्यसबेला  त्यो कामको पनि विरोध भएकै हो । तर, संरक्षणको उचित प्रबन्धले सुक्खा शहरमा हरियाली हेर्न लायक भएको छ । कम्तीमा हिंडदा हिंड्दै हरियो, परियो  हेर्न र अक्सिजन फेर्न  सम्भव भएको छ ।

यस पटकपनि मित्रराष्ट्र चीनका राष्ट्रपति सीको स्वागतमा सडक क्षेत्रको मर्मत, सरसफाई र झकिझकाउ निकै चर्चित छ ।

विदेशी आउँदा  मुहार फेर्ने राजधानी अरुबेला सधैं फोहोरले घेर्ने चलन पुरानै हो । सरकारको मौसमी विकासे नीति भन्दै यस पटक पनि विरोधका स्वरहरु गुन्जिए । पाहुना खुशी पार्ने रहरले होस् वा  इज्जत ढाक्नु पर्ने कहरले होस्, यस अवसरमा पनि केही राम्रा कामहरु भएका छन् ।

प्राय: प्रत्येक निर्वाचनमा चुनावी मुद्धा बन्दै आएको कोटेश्वर तीनकुनेको खाली जग्गाले काठमाडौंलाई सधैं गिज्याइ रहेको हुन्थ्यो ।  बुङ् बुङ् धुलो उड्ने सो स्थानमा मान्छे पर्खाउने देखि गाडी खर्काउने सम्म गरिंन्थ्यो। अभरमा बटुवाले तुर्क्याउने देखि कुनाकानी लुकेर बिस्ट्यान्थ्यो ।

सीको आगमनका कारण तिनकुनेमा बहार आएको छ । दुबो र फूलले हरियाली छाएको छ । त्यहाँको मनोरम सुन्दरता देखेपछि हिजोका विरोधका स्वरहरु मथ्थर भएका छन् ।

तर, यसको स्थाई संरक्षण हुने कुरामा कोही ढुक्क छैनन् । यसको संरक्षणका निमित्त गजुरियल सुझाव यस प्रकार छन्:-

-सस्तो छँदा मुआब्जा लिने र अहिले जग्गा नदिनेलाई सम्पति प्रतिको आशक्तिलाई छोड्नुस् भन्नु पर्छ ।

-बटुवाहरुलाई संरचनामा ‘ज्ञानिन्द्रिय’ नचाउन पाइने, ‘कर्मइन्द्रिय’ चलाउन नपाइने सुचना जारी गर्नुपर्छ  ।

-कपललाई अँगालोमा अँठियेर फोटो खिच्नुस् तर अंकमालमा लठिएर लडिबुडी नगर्नुस् भन्नु पर्छ ।

-मध्यरातमा सरकारी गाडी ल्याएर चप्परी उठाएर निजी आँगन सजाउने कोसिस नगरनुस् भन्नु पर्छ ।

-विदेशी आउँदा एकरातमै विकास गर्ने फर्किएपछि निन्द्रामा पर्ने सरकार जागा रहिरहनाेस् ।

-यसो भए त्यसो हुन्छ, यसो नभए कसो पनि हुँदैन ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com