पर्खाल वारिबाट पारि सजिलै देखिने प्रविधि !

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहीबार १०:०१

पतिले तिहारमा तास खेल्न रहर गर्दा……

पत्नी : ‘जुवा तास खेल्नु राम्रो होइन, नखेल्नुस् प्रिय ।’

पति : ‘कौरव – पाण्डवहरु त जुवा खेल्थे प्रिया !’

पत्नी : ‘ यो पनि नबिर्सिनु होला प्रिय, द्रौपदीका पाँच पति थिए !’

💐

जिवनले एउटा रोटी आफु खाँदै, अर्को रोटी कुखुरालाई खुवाउँदै गरेको देखेपछि….

प्रविन : ( अचम्म मान्दै ) ‘के गरेको यार ?’

जिवन :  देखिनस् ? ‘चिकनसँग रोटी खाएको नि !’

💐

रोहन अलि जोकर स्वाभाव भएको इन्जिनियरिङ स्टुडेण्ट हो । एकदिन उसले कक्षामा भन्यो….

रोहन : सर मैले मेरो होमवर्क अन्तरगत घरमा उउटा अनौठो प्रविधि विकाश गरेको छु । जसले पर्खाल वारीबाट हेर्दा सजिलै पारि देखिन्छ ।

शिक्षक : ‘स्यावास् ! के हो त्यो प्रविधि भन त ?’

रोहन : ‘प्वाल सर !’

शिक्षक :  ‘मार थप्पड !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com