टर्कीको पिँडा : अमेरिकामा टर्कीको मासु र सिरियामा टर्कीको आक्रमण ! – हेडलाईन हङ्गामा

प्रकाशित मिति: ३० आश्विन २०७६, बिहीबार १७:४६

‘केही भएन’ भन्नेहरुलाई प्रधानमन्त्रीको जवाफ : ‘आँखा खोलेर हेर्नुस्
– सी फर्किने बित्तिकै स्पस्ट देखिन्छ, धुलोधुवाँले नजिकको साथी पनि देख्न गाह्रो हुन्छ ।

विमानस्थलमा तोडफोड गर्ने एनआरएनका थापालाई ५० हजार जरिवाना
– यो पुष्टी गरिन्छ कि अस्ट्रेलियाको बसाइ भएपनी ब्यवहार हाम्रैजस्तो रहेछ ।

सिरियामा युद्धविराम गर्ने अमेरिकी प्रस्ताव टर्कीद्वारा अस्वीकार
– कारण, अमेरिकीहरु टर्कीको मासु अत्याधिक मन पराउछन् ।

शीतलनिवासबाट हेलिकप्टर चढेर एयरपोर्ट पुगिन् राष्ट्रपति
– ‘शीतल’निवासमा बस्ने बानी, सडकमा गर्मी हुने भएकोले हेलीको प्रयोग भएको प्रभड्काको प्रष्टोक्ती ।
 
दक्षिण एसियाली राष्ट्रमध्ये नेपालमा भोकमरी न्यून
– भोकमरी न्यून भएपनि घुसखोरी अत्याधिक रहेको निचोड भने लुकाईयो ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com