NRNA अर्को सम्मेलनमा, प्रचण्डको सफारी सुटको खोजी !

प्रकाशित मिति: १ कार्तिक २०७६, शुक्रबार १८:०७

एनआरएनए अध्यक्ष पन्तको घोषणा : अर्को सम्मेलन काठमाडौंमा गर्दैनौं
– काठमाडौंमा त नेपाली भएर झेलेका हुन्, अरु तिर यस्तो तमाश देखाउन गार्हो पर्ला

कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड हुन्छन् : प्रचण्ड
– कामरेडलाई आफ्नो पुरानो सफारी सुट लाउन मन लागेको हो ?

गुण्डा नाइके बाघे पक्राउ…
– पक्राउ परेपछी उनलाई अब ‘बिराले’ नामले बोलाउन अनुरोध

सलमान खानको बिइङ ह्युमनको व्यवसाय काठमाडौंमा बन्द…
– एनआरएनएका प्रतिनिधिहरुको ‘नन-ह्युमन बिइङ’ प्रदर्शन भएलगत्तै यस्तो हुन पुगेछ; सम्योग?

यौन हिंसाबाट पीडित ‘झन्डै ५० प्रतिशत महिला बयान फेर्छन्
– बयान नफेरेपनि एक चोटी बोलिसकेपछि समाजले उनीहरुलाई हेर्ने दृष्टिकोण फेरिहाल्छन 

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com