कलेजद्वारा धम्की-गुण्डाद्वारा सम्मान, हाम्रै नेपालमा !!

प्रकाशित मिति: ४ कार्तिक २०७६, सोमबार ११:०९

लडाकु दस्ता निर्माणको तयारीमा विप्लव समूह
-विदेश नजान मनाउने, हप्काई खाने बनाउने प्रयत्न !

‘ठूला पार्टीका नेताले होटलका कोठा चाहार्नुभयो’- नवनिर्वाचित एनआरएनए अध्यक्ष
-ढोका खुल्ला राखेपछी कोठामात्र हो र, बेडनै चाहार्छन् नि ।

म्यान्मार भ्रमणमा ‘महेन्द्रपथ’को झल्को
-झल्को हैन झिल्की भनेर भन्नुस् ।

नौबीसे-नागढुंगा सुरुङमार्गको शिलान्यास आज
-शिलान्यासको बिरोध भोली – नहोस् ।

तत्कालीन आइजिपी राणा भन्छन्- ‘आलमको घटनाबारे मलाई ‘ब्रिफिङ’ नै भएन ।’
– पाले नै निदाएपछी चोर पसिहाल्छ नि !

शुल्क थप पछि पनि विद्यार्थी भर्ना नलिने मेडिकल कलेजहरूको धम्की
-कलेजद्वारा धम्की, गुण्डाद्वारा सुरक्षा ! राम्रै हुँदैछ !

नेपाल-चीन सडकः तीन सातामा तीन किलोमिटर ट्र्याक
-उत्तर बाटो दक्षिण झारेस, संगत सँधै उतै गरेस्  ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com