कपडा धुने पतिको खोजी !

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार ०९:१६

आँखा : (नाकसँग) ‘ढोडे, तँ  हामी दुईकोबीचमा पर्खाल बनेर किन उभिएको हँ ?’

नाक : सबै भन्दा लोमी तिमी आँखाहरु हौ । सुन्दर बस्तुमा लुछाचु्डीमा लडाईं नहोस् भनेर भनेर पाले बसेको नि  !

💐

गणित बिषयको कक्षामा छलफल हुँदै गर्दा….

शिक्षक : रोहन, भन त तिम्रा बुबालाई रु. २०० आवश्यक थियो । मैले रु. ५०० दिएँ भने उनले मलाई कति फिर्ता गर्छन ?

रोहन : ‘फिर्तै गर्दैनन् सर ! किनकि, मेरा बुबा कति लोभी छन् भन्ने मलाई मात्र थाहा छ ।’

💐

पति : (पत्नीसँग) ‘तिमीले म मा त्यस्तो राम्रो गुण के देख्यौ र विवाह गर्न तयार भयौ ?’

पत्नी : ‘बच्चा छँदा कपडा धोएको र भाँडा माझेको देखेकी थिएँ नि !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com