दशैंकाे त्यस्तो भयो, तिहार यस्तो होस् !

प्रकाशित मिति: ५ कार्तिक २०७६, मंगलवार १५:०५

दशैंको शुभकामना आदान-प्रदान सकिएसँगै सामाजिक संजालमा संप्रेषित हुने नकारात्मक टिप्पणीमा केहि कमी आएको देखिन्छ ।

कतै शुभकामनाको सकारात्मक उपलब्धि हो की ! खैर जे होस्, तिहार आउँदैछ, शुभकामनाकै कुरा गरौं ! जसरी एउटा मानिस जीवित रहन स्वास र प्रश्वासको दोहोरो प्रक्रिया हुन्छ, त्यसरी नै बोल्ने मान्छे र चल्ने प्राणीका दैनिक क्रियाकलापमा दोहोरो भूमिका हुनु जरुरी छ ।

कमजोरी भए हप्काउन पाईन्छ तर सम्झाउने सामर्थ्य भएकाहरुले मात्र । गाली गर्ने अधिकार उसलाई हुन्छ जसले माया गर्न सक्छ  ।

आज गणतन्त्रको आगमन र प्रबिधि बिकाशको जागरणसंगै शाब्दिक एबम बौद्धिक अराजकताले ठाउँ लिएको छ । फेसबुक र युट्युबसंग माया लाएको छ । हावा चल्ने कुराको आभास मात्र पाउनु पर्छ, हाँगा हल्लाएर पात झर्नेको ओईरो लाग्छ । स्याल हुइयाँ मच्चाएर खेद्नेको धुइरो लाग्छ ।

सत्य खोज्दैन, तथ्य बुझ्दैन । गुह्य सबै खोल्छ । नीजी कुण्ठा सबै ओकल्छ । मित्र बनाउने भाँडो फेसबुकलाई शत्रु कमाउने ठाँडो बनाउँछ ।

यो ‘पर’-वृत्ति’ होईन ‘वर’वृति हो । यसले अविश्वास निमत्याउँछ ।  विश्वास गुमाउँछ । सेतोलाई कालो देखाउने, सत्यलाई गलत लेखाउने गर्दछ ।

तिहारको शुभकामना लागेकै हो भने, मनको दियो जागेकै हो भने  राम्रा कुरा जति  जोड्दै जाउँ, गलत जति छोड्दै  जाउँ । राजाले वा काजीले, बड्काले गरुन् वा पाजीले ! आफ्नाले गरुन् वा अर्काकाले, बाहिरकाले होस् या घरकाले ! राम्रो कामलाई  राम्रै भन्ने हो, देश  हाम्रै बन्ने हो । पालेर राखे मनमा बिकार, भविष्यले भन्नेछ सबैलाई धिकार !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com