सपनामा देखिने समाचार ब्युँझैमा देखिएपछि…आजका हेडलाईनहरु

प्रकाशित मिति: १४ कार्तिक २०७६, बिहीबार १०:२६

 

‘देउसी खेल्न बोलाएर ‘बलात्कार’
देउसी त अवसर मात्र हो, चाहना कि हजार बहाना !

पिपरामा चुनावी रन्को ! मन्त्रीले आचारसंहिता मिचेको आरोप
काग कराउदैछ, पिना सुक्दैछ, विपक्ष खेद्दैछ सरकार भुक्दैछ : दिर्घ रोग !

वाह ! निर्धारित समय अगावै आयोजना सम्पन्न
सपनामा मात्र पढ्न पाउने समाचार आयो !

दिपावली पर्व निकै खर्चिलो रहेको बजारीया चर्चा
दक्षिणको माला उत्तरको बत्ति, देशको सम्पति बाहिरियो कति कति !

तिहारमा साढे ४ सय जुवाडे समातिए, मापसे गर्ने ७ सय कारबाहीमा

यसमा रमाइलोका लागि तिहारमा मात्र तास खेल्ने ‘तिहाड़े’ कति होलान !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com