आजका हेड्लाइनहरु : भक्तपुरमा लोभी र अहंकारीबीच भिण्डन्त !

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार १२:४८

 

न्यारो बडी घोटाला गुपचुप
फराराकिलो बडी त सलक्क निल्ने अजिङ्गरले जाबो साँघुरो बडी के छोडोस् !

अफ्ताप आलमले भने – ‘त्यस बेलाको मोबाइल बिर्सिएँ’
उनि थप भन्छन – ‘मिल्नें भए सबै घटना बिर्सिने थिएँ !’

नवनियुक्त प्रदेश प्रमुखको मोटरसाइकल प्रेम !
करोडौंका गाडीले यो प्रेम खोस्ने खतरा  !

विप्लबको निशाना अमेरिकातिर, पार्टी सुदृधिकरणमा जोड
ढुङ्गोलाई आलु भनेर उसिन्ने र केटाकेटी अल्मल्याउने कथा जस्तो कुरा !

राष्ट्र बैंकको तथ्यांकले कति समेट्छ बजारको वास्तविक महंगी ?
बालुवाटार समेट्ला तर तुम्लिङ्गटार समेट्दैन !

भक्तपुर एमाले र माओवादीबीच विवाद
लॊभ र अहंकारबीचको टकराव !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com