विश्वशान्ति ल्याउन सक्ने क्षमता भएका तीन जोक्स

प्रकाशित मिति: २० कार्तिक २०७६, बुधबार १९:०६

प्रश्न: ‘भगवानलाई कसरी हँसाउने ?
उत्तर: ‘उनलाई आफ्नो जीवनका योजनाहरु सुनाएर !’

***

सौराहाको जङ्गलमा हात्तीका जोडी हनिमुन मनाउँदै थिए । अकस्मात एउटा नाङ्गो पुरुष देखेछन् ।

ढोई : ‘पापा पापा, आई एम कन्फ्युज्ड अबाउट दिस नेकेड ह्युमन !’
हात्ती : ‘किन डार्लिङ?’
ढोई :  ‘त्यति सानो सुँडले कसरी आफुलाई खाना ख्वाउन सक्छ होला त्यसले !’

***

एउटा डाक्टरले आफ्नो बिरामीलाई खोकीको औषधीको सट्टा आची आउने औषधी दिएछन् । त्यसको तीन दिन पछि बिरामी फेरी डाक्टरकहाँ पुगेछन् ।

डाक्टर : ‘अनि, खोकी बन्द भयो कि अझै खोक्दै हुनुहुन्छ?’
बिरामी : ‘बन्द त भएको छैन, डाक्टर सा’प तर खोक्न एकदम डर लागिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com