तपाईंको मन हँसाउने चुट्किलाहरु

प्रकाशित मिति: २६ कार्तिक २०७६, मंगलवार ०९:४२

नर्सरी पढ्ने बच्चाले आफ्नो रिजल्ट देखाउँदै आमालाई भन्छ…

बच्चा : ‘ ममी, मैले परिक्षामा १०० मार्क पाएँ नि ।’

आमा : ‘स्यावास छोरा ! भन त कुन बिषयमा पायौ ?’

बच्चा : अंग्रेजिमा ३०, नेपालीमा १७, विज्ञानमा २०, गणितमा ३० र सोसियलमा ३ !

👌👌

रमण र उनकी नव प्रेमिका पार्कमा बसिरहेका बेला एउटा सुटर आएर पेस्तोलले हानेर प्रेमीकालाई मारे पछि…

रमण : ‘दाई, किन यिनिलाई मार्नु भयो ?’

सुटर : ‘यिनी मेरी पत्नी हुन, तिमीसँग बसेको देख्न सकिंन त्यसैले !’

रमण : ‘त्यसो भए मलाई मार्नु पर्थ्यो, किन उनलाई मार्नु भयो त ?’

सुटर :  तपाईँ जस्ता अरु धेरैलाई काट्नु नपरोस भनेर जरै काटिदिएँ, टन्टै खतम  !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com