भारतको नयाँं नक्साबाट नेपाल यसरी निकाल्ने !

प्रकाशित मिति: २९ कार्तिक २०७६, शुक्रबार १३:२७

केशवराज गजुरेल

भारतले सिमा मिचेको आजमात्र होइन,पहिले देखि नै हो । कहिले कालापानी, कहिले महेशपुर, कहिले सुस्ता त कहिले लिम्पियाधुरा, उठिरहेकै हुन् यि कुरा । भारतले दक्षिणी सिमानामा प्रभाव पारेकै हो, सीमाका जंगे पिल्लर सारेकै हो । भारत बिरुद्ध पटक-पटक नारा लगाइयो, जुलुस उठाइयो तर भारत कहिल्यै गलेन ।

भारतीय अतिक्रमणमा बेलाबेला ब्युंझिने शासकीय बानीमा सुधारको दियो पनि सधैं बलेन । समस्याको पहिचान गर्न सक्ने बुद्धिजीवीको बुद्धि खासै चलेन । समाधानको सद्बुद्धिको बत्ति कहिल्यै बलेन ।

सत्ता प्राप्तीको खेलमा रमाउने र प्रधानमन्त्री हुन पारीकै फेर समाउने ‘पर-वृत्तिले’ देशको हैसियत कमजोर पारेकै हो, हाम्रै कमजोरीमा टेकेर सिमा किल्ला सारेकै हो ।

सबैभन्दा पहिला पिल्लर सारेर देखायो । ऐले नक्सामा पारेर लेखायो अनि कोरेरै देखायो । यो उसको विस्तारवादी नीति हो, हेपाहा र मिचाहा प्रबृत्ति हो । हामी सबैले अब बुझ्नु पर्छ, मिलेर समाधान खोज्नु पर्छ । नेपाली हामी फ़ुट्दैमा, कांग्रेसले कम्युनिष्ट कुट्दैमा, भारतले मिच्न छोड्दैन ।

 

पराईलेआएर जोड्दैन । हामी आफैंले गर्नु पर्छ,बुद्धि पुर्याउने यसमै हो, प्रदेश, विश्व घुम्ने फिर्ने तर रमाउने भनेको देशमै हो । मातृभूमी जोगाउन सके पहिचान रहन्छ विश्वभरि, परायाको गुलाम बन्यौं भने सोचौं त के हुन्छ ? हुन्छ – ‘न रहे बाँस न बजे बाँसुरी !’

लिम्पियाधुरामा अतिक्रमणको समाचार आयो, बजारभरि सनसनी छायो । हाम्रो बानी पुरानो, सबै दोष जति अर्कालाई लाउने गर्थ्यौं , समस्याको काउसो उसैलाई खन्याउने गर्थ्यौं ।

यसपाली नेपालमा केहि परिवर्तन आएको छ, जनताको मनमा थोरै खुशी छाएको छ । प्रधानमन्त्रीज्युले अग्रसरता देखाएका छन् , राष्ट्रिय मुद्धामा सबैको नाम लेखाएका छन् । प्रतिपक्षले जिम्मेवारी देखाए, आफ्नो प्रतिबद्धता सरकारसंग लेखाए । कथनी सजिलो हुन्छ, करनी सारो छ, प्रतिबद्धतामा अडिन निकै गाह्रो छ। त्रास र डरको हाउगुजी देखाउने बाहिरिया देखि सरकार र मन्त्रीको सुचिमा नाम लेखाउने भित्रियाहरुको चलखेल चल्न सक्दछ, राष्ट्रियताको मुद्धा बिचमै गल्न सक्छ । सबैले यसैमा ध्यान पुर्याउनु पर्छ, राष्ट्रिय एकतालेमात्र समस्या समाधान गर्छ ।

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com