आजका हेड्लाइनहरु माथि गजुरियल टिप्पणी..

प्रकाशित मिति: ३० कार्तिक २०७६, शनिबार ०९:५८

आयोगलाई कांग्रेसको आग्रह : निर्वाचन आचार संहिता पूर्ण पालना गराऊ
यसको अर्थ हुन्छ – कांग्रेस जिताउ कम्युनिष्ट हराउ !

बम त के पटका समेत पड्काएको छैन : आलम
सियो चोर्नेले फाली चोर्छ, मौका मिले घरै फोर्छ भनिन्छ, खै !

कास्की – २ का उम्मेदवारहरुको एउटै स्वर : भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता
चुनाव नसकिउञ्जेल एउटै स्वर, सकिएपछि सुरु हुन्छ, गाँड कोराकोर !

सहमति खोज्दा प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ : सभामुख श्रेष्ठ
सहमति खोज्दा होइन, सबैले आफ़्नापटी रोज्दा ढिला भएको भन्नु न !

समाजवादी पार्टीले तत्काल सरकार नछाड्ने
फेरी पकडेर आफ्नो अधिनमा ल्याउने तागत हुनु पर्यो नि छोड्न त !

आलमलाई शनिबार डिल्लीबजार कारागार ल्याइने,महरासँगै राखिने
सत्तापक्ष र प्रतिपक्षबीच नियमित छलफल हुने सम्भावना !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com