रमाईला चुट्किलाहरु : जोगीका घरमा मगन्ते पाहुना !

प्रकाशित मिति: १ मंसिर २०७६, आईतवार १०:०२

आमा : ‘छोरा, तिमी काम नलाग्ने भयौ । कम्तिमा एउटा काम त गरेर देखाउ ।’

छोरा : ;ममी तपाईंलाई थाहा नभएको मात्र हो । म त्यस्तो काम गरिरहेको छु, जुन हजुर गर्न सक्नुहुन्न !’

आमा : ‘त्यस्तो कुन काम हो, मैले समेत गर्न नसक्ने ?’

छोरा : ‘बढ्ने काम गरिरहेको छु नि ममी !’
————————————————————————-
सोमनाथ : ( भिखारीसंग) ‘गरेर खानु पर्छ, सधैं मागेर खान पुग्छ ?’

भिखारी : ‘पुग्ने मात्र होइन हजुर,धेर हुन्छ !’

सोमनाथ : ‘धेरै भएको समान के गर्छौ त ?’

भिखारी : ‘हजुरले राशन किन्ने पसलमा लगेर बेच्छु !’
———————————————————————-
बिपरित दिशाबाट आई रहेका सुरेश र रमेश जम्का भेट भएपछी

रमेश : खर्च सकिएर पैदल हिंड्दै छु, मलाइ १०० रुपैयाँ सापटी देउ न है ।

सुरेश : ( मज्जाल हाँस्छ ) हा हा हा हा

रमेश : मेरो दुखमा किन रमाएको यार ?

सुरेश : खुसी भएको होइन, तेरो र मेरो समस्या ठ्याक्कै मिलेकोमा अचम्म लागेको क्या !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com