तपाईंको मन हँसाउने तीनवटा चुटकिला

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार ०९:३१

शिक्षक : रोहण, तिम्रो घरमा के तरकारी खान्छौ ?

रोहण : आलु र मुला खान्छौं, सर ।

शिक्षक : सधै एउटै तरकारी मात्र ?

रोहण : हैन सर , बिहान आलु र मुला, बेलुका मुला र आलु फेरिफेरि खान्छौं !
—————————————————————————————————

हाम्रा एक छिमेकीको नाम भगवान छ, उनकी छोरीको नाम भक्ति छ ।

मेरी आमा सधै मलाइ भन्ने गर्नु हुन्छ- छोरा, सधै भगवानको भक्तिमा ध्यान लगाउ ।

तर आमालाई म कसरी सम्झाउँ ? भक्तिमा ध्यान मज्जाले लगाएको छु, तर भगवानले छेउ पर्ने दिदैनन् !
———————————————————————————————————————

एउटा सत्शंग चलिरहेको बेला………………………………………………………………………………………………………….

सन्त : भक्ति लगाएर सुन्नु होस्, तपाइँहरुले यो जीवनमा जे काम गर्नु हुन्छ अर्को जीवनमा पनि मिल्ने छ ।

एक महिला : ‘जुरुक्क उठेर बाहिर निस्किन्छिन् ।’

सन्त : ‘किन अचानक हिंड्नु भएको ?’

महिला : ‘अर्को जन्ममा पनि रोटि नै बेल्नु पर्छ भने सत्शंग किन सुन्नु पर्यो !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com