दुधलाई फ़ाट्नबाट जोगाउने नयाँ तरिका !

प्रकाशित मिति: ४ मंसिर २०७६, बुधबार १३:१९

डाक्टर : तपाईंकि श्रीमती अब दुइदिनकी पाहुना मात्र हुन्, सरी शर्माजी !

शर्माजी : ठिक छ डाक्टर, चिन्ता नलिनुस !

डाक्टर : ( अचम्म मान्दै ) वहांको अन्त्य हुनेवाला छ, तर तपाईं त ?

शर्माजी : २२ बर्ष त व्यहोरे, जाबो दुइदिन त हो नि !

—————————————————————-
पति : आहा ! आज मैले कति राम्रो सपना देखें नि ।

पत्नी : कस्तो राम्रो ?

पति :मैले एकलाख रुपैयाँ भेटेको थिए !

पत्नी : अनि के भयो त ?

पति : झसङ्ग बिउझिएँ नि !

पत्नी : तपाइंको बुद्धि रहेनछ, नबिउझिदै बैंकमा जम्मा गर्नु पर्दैन !

—————————————————————————

शिक्षक : (नर्सरीका बच्चासंग) नानीहरु हो भनत, दूधलाई फ़ाट्नबाट जिगाउन के गर्नु पर्ला ?

बिद्यार्थी : फाट्नु भन्दा पहिल्यै पिउनु पर्छ सर !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com