भारतलाई लुटनैतिक नोट र पुटिन आउनुको मतलवोसकी ! -Headline Humor

प्रकाशित मिति: ७ मंसिर २०७६, शनिबार १०:५५

 

 

सिमानामा विवाद, सदरमुकाममा सुरक्षा फौज…
…टाउको दुखेको दवाई, नाइटोमा लगाई ! 

पुर्वमंत्रीले डेरा पाएनन्…
…मंत्री भएको बेला घर नबानाएको परिणाम !

रुसी राष्ट्रपनि पुटिन नेपाल आउने…
…अमेरिका, भारत र चिन नै काफी थिए नि चलखेल गर्न !

अब ट्याक्सीमा ‘सेडान’ गाडी अनिवार्य, विद्युतीयलाई पनि मान्यता…
…बाध्यकारी खेलो, कमिसन पचाउने मेलो !

‘समाजवादी पार्टीसँग तत्काल एकताको सम्भावना छैन’- राजेन्द्र महतो…
…उसले सरकार छोड्दैन, मलाई कसैले जोड्दैन, केलाई एकता !

‘विदेश जाने कामदार र म्यानपावर व्यवसायीबीच भेटै नहुने व्यवस्था गर्दै थिएँ तर ।’- पुर्व मन्त्री बिष्ट…
…उपचारको नाममा उठ्नै नसक्ने गरि एन्टिबायोटिक पिलाउने काम गरियो ! – मेनपावर व्यवसायी

भारतको नक्साप्रति विरोध जनाउँदै नेपालले पठायो कूटनीतिक नोट…
…एउटा दुईटा नोटले हुन्न, नोटका बिटा नै पठाउने पर्ला !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com