शंकास्पद विमान फोर्स ल्याण्डिङ् गराईयो, पाईलटले भने – ‘ईलाका तेरा, धमाका मेरा !’

प्रकाशित मिति: ८ मंसिर २०७६, आईतवार ११:०२

हिजो शनिरबार बिहान ७.३० बजे राजधानीको आकासमा देखिएको रहस्यमयी विमानलाई रोल्पाको चाल्पा एयरबेसमा फोर्स ल्याण्डिङ् गराईएको छ । अनाधिकृत रुपमा नेपाल प्रबेश गरेको उक्त बिमान उपत्यकाको २ फन्को रेकी गरे पश्चात पश्चिमतिर भाग्दै थियो । नेपाल वायुसेनाका लडाकुले तुरुन्तै थाहा पाएर पछ्याएपछि बिमानका क्याप्टेन टावरको संपर्कमा आएका थिए ।

शुरुमा उनले ‘इलाका तेरा, धमाका मेरा’ टाइपमा टावरलाई धम्क्याए । टावर कर्मचारीले ‘अपना जागीरका सवाल है’ भन्दै अनुनयको पावर प्रयोग गरेपछि पाईलटले भने– ‘सबको मालुम है मैं खराबी नही, फिर भि कोही अह्राए तो मैं क्या करुं !?’

नेपाल प्रबेश गरेर, काठमाण्डौ घुमेर, अनलाईनमा समाचार आएपछि बल्ल यस बारेमा सुरक्षा संयन्त्रको कानमा बतास लागेको थियो । नेपाल गुप्तचर बि–भागाभागले भन्यो, ‘अघिल्लो राती खानपिन मुक्तिमोर्चाको बैठकमा थियौं, बिहान अबेलासम्म ‘स्लिपिङ् ट्युटी’ भएकाले केही थाहा भएन ।’

बिमानले डांडा काटिसकेपछि सुरक्षा निकायका कर्मचारीलाई पानी छम्केर उठाईएको थियो ।

नेपालका सबै सुरक्षा संयन्त्रलाई पंगु बनाउंदै नेपाल छिरेको उक्त रहस्यमयी बिमानका पाईलटले भने चाल्पा बिमानस्थलमा मनमनै भने– ‘जा रहा था कराँची, पहुच गया अर्घाखांची, लौटके जाउँगा राँची ।’

बरिष्ठ युट्युब बिश्लेषक डा. पवन बतासले भने दिल्लीको हावा अस्वस्थ भएकाले स्वस्थ हावा खान नेपाल पसेको हुनसक्ने बताए । तर गजुरीयल डटकमको दावा छ– ‘हावा खान भन्दापनि नेपालको सुरक्षा ब्यवस्थालाई हावा खुवाउन आएको हो ।’

बिमान रहेको रोल्पाको चाल्पा बिमानस्थलमा अहिले सेनाले घेरा हालेको छैन किनभने त्यहाँ  कुनै बिमानस्थल नै छैन । खासमा त्यो रहस्यमयी बिमान कहाँबाट आयो ? कताबाट गयो ? किन आएको थियो ? किन गएको हो ? काठमाण्डौ टावर, प्रहरी, गुप्तचर, सेना,  दुई तिहाईको सरकारी संयन्त्र कसैलाई पनि थाहा छैन, म अल्पसंख्यकलाई कसरी हुन्छ ! मैले त यस बिषयमा बलियो बहस होस् भनेर ब्यंग्यात्मक प्रयास पो गरेको त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com