मौकामा चौका हान्ने डाक्टर !

प्रकाशित मिति: १२ मंसिर २०७६, बिहीबार ०९:५९

 

पत्नी : म बिरामी छु, यदि मलाइ केहि भै हाल्यो भने तुरुन्त बिबाह गर्नु हुन्छ र ?

पति : ( एकछिन सोचेर ) हैन, कम्तिमा २ / ३ महिना त पर्खनै पर्यो नि ! लोकले के भन्ला ?

———————————————————-

बाबु : छोरा, हिजो तिम्रो अवस्था ठिक थिएन । त्यति धेरै पिएर घर आउनु हुन्छ ?

छोरा : बुबा, हिजोको घटना गलत संगतको परिणाम थियो ।

बाबु : कस्तो गलत संगत भन त ?

छोरा : जम्मा ५ जनाको लागि ५ बोतल बियर मगाएको ४ जना फटाहाले खाँदै खाएनन् !

———————————————————-

बिरामी : डाक्टर सा’ब, मलाई पुराना कुरा बिर्सिने समस्या छ, केहि औषधि लेखिदिनुस न !

डाक्टर : कैले सम्मको कुरा भुल्नु भएको छ ?

बिरामी : एक महिना अघिको सबै भुलिसकें ।

डाक्टर : त्यसोभए तिन अघिको बाँकी जाँच फि दिनुस् त !

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com