आवरणमा भक्ति, अन्तरमनमा आशक्ति ! -हेडलाईन ह्युमर

प्रकाशित मिति: १५ मंसिर २०७६, आईतवार १०:५३

ट्याक्सीको नयाँ मापदण्डबारे सरकारी निकायबीच नै किचलो 
किचलो हो कि कमिशनको चर्चा चल्यो, त्यो पुष्टि हुन बाँकी !

उपचुनाव : अपेक्षा अनुसार भोट खसेन, १२ घण्टामा आधा परिणाम आउने 
अपेक्षा अनुसार काम नभएपछि नखसेको आशंका !

भक्तपुरमा कांग्रेस २४ सय मतअन्तरले अगाडी, उसैले जित्ने निश्चित
रोहित र राप्रपा कांग्रेस पसेको संकेत !

चितवनमा नेकपालाई धक्का, एमालेले एक्लै जितेको वडा नेकपाले गुमायो 
जसले मतदातालाई यता र उता उता घुमायो, त्यसले जितेको ठाउँ पनि गुमायो !

जापानलाई उत्तर कोरियाको धम्कीः ब्यालेस्टिक मिसाइल देखाऔं त ?
हुन्छ, चाखौं न त !

चीनमा मोबाइल सेवा लिन अनुहार स्क्यान गराउनुपर्ने नयाँ नियम 
नेपालामा अनुहारका साथै व्यहोरापनि स्क्यान गराउनु पर्ने नियमको माग !

सागको उद्घाटन आज
बजारमा तरकारीको अभाव !

कृष्णदासलाई महिलाको म्यासेजः ४४ दिनभित्र भक्त र भगवानबीच वारपार हुन्छ
आवरणमा भगवान भक्ति, अन्तरमनमा चरम यौन आशक्ति !

गुरुका नाममा यौन शोषण ।
‘गुरु भ्रममा, गुरु बिक्नु, गुरु धेर भो महेश्वर,
गुरु साक्षात् परम् भ्रममा, तस्मै श्री गोरु ब्याए नम : !’

प्रतिक्रिया दिनुहोस्

श्री गजुरियल गार्डेन प्रा . लि  

© 2018 All Right Reserved Gajureal.com
सूचना विभागमा दर्ता नं. : 906/075-76 || Designed BY appharu.com